aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

थपिए १०६ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
थपिए १०६ जना कोरोना संक्रमित

काठमाडौं । थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा १ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुनमगरका अनुसार दैलेखको नारायण नगरपालिकाका ६४ जना पुरुष र ५ जना महिला तथा देवलकाँडाका १२ जना, सोतका ९ जना, मानटाकुराका ७ जना, भगनीका ५ जना, साडुका २ जना र बाँसकोटमा एक जना गरी १ सय ५ जना तथा मुगुको खत्याडका एक पुरुषमा गरी १ सय ६ जनामा कोरोना पुष्टि भएको हो । 

प्रतिक्रिया दिनुहोस