aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

आफुखुसी बजार खोल्दा समुदायमा कोरोना फैलिए कसले जिम्मा लिने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
आफुखुसी बजार खोल्दा समुदायमा कोरोना फैलिए कसले जिम्मा लिने ?

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफुखुशी बजार खोल्दा समुदायमा कोरोना भाइरस फैलिए कसले जिम्मेवारी लिने भनी प्रश्न गरेका छन् । लकडाउनकै बिच व्यापारीहरुले आफुखुशी व्यवसाय सञ्चालन गर्न थालेकामा मुख्यमन्त्री पोखरेलले असन्तुष्टि जनाएका हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन । आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने ? गंभीर बनौ।’ क्वारेन्टिन र लकडाउनका कारण अहिलेसम्म कोरोना भाइरस समुदायमा नफैलिएको पोखरेलले दावी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस