aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बजेटको एक वर्ष : बदलिएन सरकारकोे प्रवृत्ती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ जेठ २०७६
बजेटको एक वर्ष : बदलिएन सरकारकोे प्रवृत्ती

काठमाडौं । सरकारले निक्कै महत्वको साथ चालुवर्षको बजेटमा समावेस गरेको काठमाडौंमा केवलकार र मेट्रो रेलको डिपिआर तयार गर्ने काम एक वर्ष वित्दा सम्म शुरुनै भएको छैन । 

बजेटमा समावेश गरिएको कोशि र गण्डकीमा जलयातायातको सम्भावना अध्यान गर्ने अर्को महत्वकाक्षी योजनाको पनि अध्यायनकार्यको थालनी हुन सकेको छैन । यस बिच २०७५ फागुन २ गते पानी जहाज कार्यलय त स्थापना भयो तर काम भने थोरै पनि अघि बढेको छैन । 

त्यसै गरी रसुवा र रक्सौलबाट रेल ल्याउन डिपिआर तयार गरी निर्माण शुरु गर्ने कुरा बजेटमा उल्लेख थियो । तर, काठमाडौं– विरगञ्ज, बर्दिबास–सिमरा र रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको पूर्व सम्भाव्यता अध्यायनमात्र भएको देखिएको छ । 

बजेटमा उल्लेख भएको मध्य पहाडी र हुलाकी राजमार्गलाई स्तर उन्नती गर्ने कामकोलागि डिपिआर तयार गर्ने काम मात्र शुरु भएको छ । काठमाडौं–निजगढ दु्रतमार्ग मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गलाई एक्सप्रेस हाइवेको रुपमा विकास गरिने कुरा बजेटमा उल्लेख थियो । यो समाचार नयाँपत्रिका दैनिकले प्राथमिकताकासाथ छापेको छ ।
 

प्रतिक्रिया दिनुहोस