aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

कोरोनाबाट थप एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाल्पाका एक जनाको कोरोनाका कारण मृत्यु भएको  पुष्टि गरेका हुन् । 

प्रवक्ता देवकोटाका अनुसार कोरोनाका कारण पाल्पाको पुर्वखोला गाउँपालिकाका सिलुवाका ४५ वर्षिया पुरुषको जेठ २० गते मृत्यु भएको हो । उनी ५ दिन अघि भारतबाट नेपाल आएका थिए । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । 

प्रतिक्रिया दिनुहोस