aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

राष्ट्रिय सभाका अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
राष्ट्रिय सभाका अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने

काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक र भ्रमण भत्ता नलिने बताएका छन् । उनले २०७७ जेठ २२ गतेदेखि ०७७ चैत मसान्तसम्मको बैठक र भ्रमण भत्ता नलिने बताएका हुन् । 

अध्यक्ष तिमिल्सिनाले संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखालाई बिहीबार पत्र लेखेर अध्यक्ष तिमिल्सिनाले भ्रमण भत्ता र बैठक भत्ता नलिने घोषणा गरेका हुन् । मुलुक कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडिरहेको बेला सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने सरकारको निर्णयसँगै उनले राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा भत्ता नलिने बताएका छन् ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ का अनुसार अध्यक्ष तिमिल्सिनाले प्रति महिना विशेष भत्तावापत १ हजार रुपैयाँ, संसद बैठक बसेको भत्ता प्रतिदिन १ हजार रुपैयाँ, भ्रमण भत्ता १ दिनको ३ हजार रुपैयाँ प्राप्त गर्छन् ।

प्रतिक्रिया दिनुहोस