aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । आजको बैठकबाट सरकारले कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।

उनका अनुसार लकडाउनले थप समस्या सिर्जना हुन नदिन सरकार गम्भीर रहेकाले त्यसबारे निर्णय हुनसक्नेछ । सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले सर्वसाधारणको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न चौतर्फी दवाव सरकारमाथि छ । 

यसै विषयमा प्रधानमन्त्री ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा परामर्श गरेका थिए । परामर्शमा स्वास्थ्यविद, अर्थविद, योजनाविद् लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए भने प्रधानमन्त्री पनि यसबारे सकारात्मक देखिएका थिए । 

बुधबार नै परामर्श लगत्तै राजस्व अनुसन्धान विभागले जेठ २५ गते भित्र कर विवरण र कर बुझाउन गरको ताकेतासमेत असार ७ गतेसम्ममा बुझाउँदा हुने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस