काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठको सरुवा गरेको छ । स्वास्थ्य समाग्री खरिद विवादमा मुछिएका महानिर्देशक श्रेष्ठ मन्त्रालय तानिएको हुन् ।
श्रेष्ठसहित ३ जनालाई सरुवा गरिएको छ । उनको ठाउँमा मन्त्रालयका १२औं तहका डा. दीपेन्द्ररमण सिंहलाई सरुवा गरिएको छ ।
त्यस्तै, आपूर्ति महाशाखा विभागका प्रमुख डा. भोगेन्द्रराज डोटेलको पनि सरुवा भएको छ । डोटेलको ठाउँमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका डा. रमेश खरेललाई लगिएको छ ।
मन्त्रालयले परोपकार प्रसूति गृह थापाथलीका निर्देशक डा. जागेश्वर गौतमलाई पनि सरुवा गरिएको छ । गौतमको ठाउँमा ठाउँमा डा. संगीता कौशललाई लगिएको छ।
केहि दिन अघि मात्रै स्वास्थ्य सामग्री खरिदमा मुछिएका स्वास्थ्य सचिव यादव प्रसाद कोइरालालाई प्रधानमन्त्री कार्यालयमा तानिएको थियो ।
प्रतिक्रिया दिनुहोस