aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

कोरोना संक्रमणको खराब मुलकको सूचीमा नेपाल ८५ औँ स्थानमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ जेठ २०७७
कोरोना संक्रमणको खराब मुलकको सूचीमा नेपाल ८५ औँ स्थानमा

काठमाडौं । कोरोना संक्रमणको खराब मुलुकको सूचीमा नेपाल ८५ औँ स्थानमा उक्लिएको छ। बिहीवार ३ सय ३४ नयाँ संक्रमित थपिएसँगै खराब मुलुकको सूचीमा नेपाल ८५ औँ स्थानमा पुगेको हो । तीन दिन अघिसम्म नेपाल एक सयभन्दा पछाडि नै थियो। 

विश्वभर २ सय १५ मुलुक कोरोना संक्रमणबाट गुज्रिरहेका छन्। त्यसमध्ये ९७ मुलुकमा १ हजारभन्दा कम संक्रमित छन्। कोरोना संक्रमितको संख्यालाई हेर्ने हो भने ग्रिस, एल साल्भाडोर, हैटीभन्दा नेपाल पछिपछि रहेको छ। 

नेपालमा हालसम्म २६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस