aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आयातको प्रमुख हिस्सा पेट्रोलियम पदार्थ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ जेठ २०७६
आयातको प्रमुख हिस्सा पेट्रोलियम पदार्थ

काठमाडौं । बजारमा इन्धनको माग बढ्दै गएकाले पेट्रोलियम पदार्थ सबैभन्दा धेरै आयात भएको छ। चालू आर्थिक वर्षको १० महिनामा ११ खर्ब ७८ अर्ब रुपैयाँको आयात हुँदा २ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । 

मुलुकमा आयात हुनेमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार १० महिनामा २ खर्ब ६ अर्ब ९० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

बढ्दो विलासीताले सवारी साधनको प्रयोग बढेसँगै बजारमा इन्धनको खपत वृद्धि हुँदै गएको हो । यो समाचार आजको कारोबार दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस