aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

जेठ १५ बाट तातोपानी नाका खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ जेठ २०७६
जेठ १५ बाट तातोपानी नाका खुल्ने

काठमाडौं । चीन जोड्ने उत्तरको मुख्य व्यापारिक तातोपानी नाका आगामी बुधबार (जेठ १५) बाट पुनः सञ्चालनमा आउने भएको छ । चार वर्षदेखि बन् नाका सञ्चालनमा ल्याउ दुवैतर्फका सरकार अन्तिम तयारीमा ज्टेका छन् । 


व्यापारिक कारोबारसहित नाका सञ्चालनमा ल्याउन लागिउको उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवत्ता नवराज ढकालले बतार्ए । चीन सरकारले बुधबार तातोपानी सुक्खा बन्दरगाहलगायत पुननिर्माण भौतिक संरचना हस्तान्तरण गर्दै छ ।  मन्त्रालयका सहसचिव ढकालले भने त्यसै दिनबाट व्यापारिक कारोवारसिहत नाका सञ्चालनमा आउँछ । 

चीनले हस्तान्तरण तयारी अन्तिम चरणमा पु¥याएको जानकारी समेत उनले दिए । मन्त्रालयका अनुसार चीन सरकारको सहयोगमा निर्मित बन्दरगाहबाट व्यापारिक कारोबार सञ्चालनमा आउनेछ । २०७२वैशाख १२ गतेको भूकम्पपछि यो नाका बन्द रहँदै आएको छ । २०७३ असारको भोटेकोशि बाढीले नाकाको भौतिक संरचना क्षतिग्रस्त बनाएकमो थियो । त्यसपछि नाका पुन ः सञ्चालनमा आउनेमा द्धिविधा बढाएको थियो ।


मन्त्रालय स्रोतका अनुसार बुधबारबाट आंशिक रुपमा मात्र नाका सञ्चालनमा ल्याउन लागिएको हो । केही काम बाँकी भएकाले नाका पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्ने समाचार आजको नागरिक दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस