aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

थप २७८ जना कोरोना पुष्टि, संक्रमितको संख्या २९१२ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ जेठ २०७७
थप २७८ जना कोरोना पुष्टि, संक्रमितको संख्या २९१२ पुग्यो

काठमाडौं । थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । जसमा २६७ जना पुरुष र ११ जना महिला रहेका छन् । 

नयाँ थपिएका संक्रमित सुनसरीका २१ जना, झापाका १२ जना, मोरङका ६ जना, नवलपरासीका १ जना, अर्घाखाँचीका १ जना, पाल्पाका १ जना, रुपन्देहीका १८ जना महिला, सिन्धुलीका २ जना, बाराका ३ जना, तनहुँका २ जना, भोजपुरका ५ जना, कैलालीका ४ जना, अछामका १ जना, डडेल्धुराका ५ जना, बझाङका १ जना, रामेछापका १७ जना, काभ्रेका ५ जना, दैलेखका ९० जना, जुम्लाका ६ जना, हुम्लाका १ जना, सुर्खेतका १ जना, दाङका १ जना, धनुषाका ४ जना, कास्की र गुल्मीका हाल काठमाडौंका रहेका २ जना, कपिलवस्तुका ४४ जना, महोत्तरीका १७ जना, रौतहटका ६ जना रहेका छन् । 
 

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ भने ३३३ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस