aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

६८ जिल्लामा पुग्यो कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ जेठ २०७७
६८ जिल्लामा पुग्यो कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेको छ । हालसम्म नेपालका ६८ जिल्लामा कोरोना भाइरस फैलिसकेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म नेपालका ६८ जिल्लामा कोरोना भाइरस फैलिएको बताएका छन् । उनले प्रदेश १ का १२ जिल्ला, प्रदेश २ का सबै ८ जिल्ला, वागमति प्रदेशका १२ जिल्ला, गण्डकी प्रदेशका ९ जिल्ला, प्रदेश ५ का ११ जिल्ला, कर्णालीका ७ जिल्ला, सुदुरपश्चिमका ९ जिल्लामा कोरोना भाइरस फैलिएको बताए । 

त्यस्तै, नेपालभर कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ भने ११ जनाको मृत्युु भइसकेको छ । 


 

प्रतिक्रिया दिनुहोस