aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सयभन्दा कम संक्रमित भएका जिल्लामा छोटो दुरीका सवारी चलाउने प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ जेठ २०७७
सयभन्दा कम संक्रमित भएका जिल्लामा छोटो दुरीका सवारी चलाउने प्रस्ताव

काठमाडौं । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले सयभन्दा कम संक्रमित भएका जिल्लामा छोटो दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरेको छ । समितिले सय भन्दा कमसंक्रमित भएका जिल्लाहरुमा जेठ २५ बाट जिल्ला नकट्ने र सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरेको हो । 

त्यस्तै, असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुबाहक सवारी साधन र हवाइ सेवा सञ्चालन गर्ने प्रस्ताव छ ।

उच्चस्तरीय समितिले तयार पारेको यो प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गरेको छैन । मन्त्रिपरिषदले स्वीकृत नगरेसम्म सञ्चालन गर्न भने पाइने छैन । 

प्रतिक्रिया दिनुहोस