aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

प्रदेश १ मा ८ हजारबढी उद्यमी, उद्योग र वाणिज्यको संख्या ८,४९२ पुगे (नीति तथा कार्यक्रम पूर्णपाठ)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ जेठ २०७७
प्रदेश १ मा ८ हजारबढी उद्यमी, उद्योग र वाणिज्यको संख्या ८,४९२ पुगे (नीति तथा कार्यक्रम पूर्णपाठ)

विराटनगर । चालू आ.व.मा प्रदेश १ मा उद्योग ८ हजार ४ सय ९२  र वाणिज्य संस्थाहरुको दर्ता संख्या तीन हजार ४ सय ६५  पुगको छ । प्रदेश १ मा  ८ हजार बढी उद्यमीहरु संलग्न रहेको शुक्रबार आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तथ्यांक सार्वजनिक गरिएको छ । यी उद्योगहरुबाट ४० हजारभन्दा बढी रोजगारी सिर्जनामा योगदान मिलेको जनाएको छ । 

प्रदेश सरकारको  १ करोड ९७ लाख रुपैयाँको सहयोगमा २० वटा साना डेरी प्रशोधन केन्द्र स्थापना गरिएबाट ६ हजारभन्दा बढी किसानहरु लाभान्वित भएका छन् भने ९ वटा साना चिया प्रशोधन केन्द्रहरुको पूर्वाधार निर्माण गरी व्यवसायिक कृषिलाई प्रोत्साहन गरेको छ।

सरकारले आगामी आर्थिक वर्षमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्ने नीति तथा कार्यक्रममा राखेको छ । एक वर्ष भित्रमा सबै नागरिकको बैंक खातामा पहुँच पुर्याउने, स्वरोजगार सिर्जना गरी युवालाई आत्मनिर्भर बनाउने योजना रहेको छ । 

त्यस्तै वैदेशिक रोजगारबाट स्वदेश फर्केका युवाको ज्ञान, सीप, क्षमता र पूँजीलाई प्रभावकारी रुपमा उपयोग गर्न छुट्टै कोषको स्थापना गरी ‘मुख्यमन्त्री युवा उद्यमशीलता’ कार्यक्रम सञ्चालन गरिने छ ।  

 उच्च पहाडी क्षेत्रमा कोदो, फापर, लट्टे, कागुने, चिनो, रउवालगायत ‘सुपर हिमालयन फुड’को उत्पादनलाई प्रोत्साहन गर्ने, एक सय बिघा जग्गामा हरित नमूना कृषक परियोजना सञ्चालन गरिने, प्राङ्गारिक व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न एक सय व्यावसायिक फार्मलाई ऋण अनुदान सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशमा आगामी पाँच वर्षभित्र एक हजार ४०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष समेत राखेको छ ।   निजी क्षेत्रसँग सहकार्य गरी दुई सय मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने प्रदेशलाई आगामी चार वर्षभित्र अँध्यारोमुक्त बनाउनेलगायत नीति तथा कार्यक्रममा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस