aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

धुम्बाराहीको ह्याम्स अस्पतालमा उपचाररत २ जनामा कोरोना संक्रमण पुुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ जेठ २०७७
धुम्बाराहीको ह्याम्स अस्पतालमा उपचाररत २ जनामा कोरोना संक्रमण पुुष्टि

काठमाडौं । शुक्रबार थपिएका २७८ जना कोरोना संक्रमित मध्ये २ जना काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालका बिरामी रहेको खुलेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार काठमाडौंको एक निजी अस्पतालमा उपचाररत २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । 

ह्याम्स अस्पतालमा उपचाररत गुल्मीका ७६ वर्षका र कास्कीका ६० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार संक्रमित  एक जना आइसियूमा उपचाररत छन् भने अर्का एक जना आकस्मिक कक्ष उपचाररत रहेका छन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ भने ११ जनाको मृत्युु भइसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस