aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ जेठ २०७७
थप १७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशका ४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जनाएका छन् । 

स्याङ्जामा दश जना नयाँ थप कोरोना संक्रमण भेटिएका छन । वालिङ नगरपालिका ८ जना पुरुष र हरिनास गाउँपालिकाका २ जनामा पुरुषमा कोरोना संक्रमण पुष्टि प्रवक्ता डा. शर्माले जनाएका छन् । बाग्लुङ ताराखोला गाउँपालिका एक जना पुरुष, कास्की पोखरा महानगरपालिकाका एक पुरुष र कास्की रुपा गाउँपालिका ३ जनामा थप कोरोना संक्रमण पुटि भएको हो । 

त्यस्तै नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि छ । 

प्रतिक्रिया दिनुहोस