
एजेन्सी । विश्व कोरोनाको विरूद्ध युद्ध लडिरहेको छ । तर, अर्कोतर्फ अमेरिका र चीनबीच कोरोना भाइरसलाई लिएर तनाव बढेको छ । यो विश्वव्यापी फैलिरहेको महाव्यादीमा अमेरिका र चीनबीच युद्ध होला भन्नेमा चिन्तीत रहेका छन् ।
विशेष गरी अमेरिका जहाँ कोरोनाले सबैभन्दा धेरै विनाश गरेको छन र जहा अहिले घरेलु हिंसाको समेत शिकार भइरहेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको रिपोर्ट अनुसार सन् २०२० मा एसिया प्रशान्त क्षेत्रमा अमेरिका(चीनबीच यहि तनावका बीचमा दुई देशबीच युद्ध भएमा अमेरिकाले युद्धमा पराजय भोग्नुपर्ने भन्ने रिर्पोट सार्वजनिक गरेको छ ।
कोरोना भाइरसका कारण अमेरिकामा १ लाख ११ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । अमेरिकी नागरिक कालो वर्णका जर्ज फ्लाइडको मृत्युपछि अमेरिकाका विभिन्न शहरमा फैलिएको आन्दोलनका कारण अर्बौ डलरको सम्पत्ति नष्ट भइसकेको छ । त्यस्तै अमेरिकामै आँधीले मध्य अमेरिकाको भागहरूमा डर निम्त्याउँदैछ ।
तर, यस्तो बेलामा पनि अमेरिकी राष्ट्रपति भने आँखा बन्द गरेर एक मात्र चीनमा केन्द्रित छन् । ट्रम्पले पहिलो पटक समुद्री नाकामा चीनलाई घेर्न कोशिस गरेका थिए । त्यसोपछि आर्थिक नाकाबन्दी लगाए । कोरोनाको विषयमा चीनमा छानबिन गर्न संयुक्त राष्ट्रलाई दबाब दियो । हंकंग र र ताइवानलाई चीनको विरुद्ध उक्साउने कोसिस ग¥यो र अब अमेरिका चीनसँग युद्ध गर्ने कुरामा उक्साउदै आएको छ ।
तर, अमेरिकीले नै तयार पारेको रिपोर्ट पनि अमेरिकाको लागि राम्रो नभएको प्रतिवेदन बाहिर आएको छन । किनभने अमेरिकी सुरक्षा विभाग आफैंले यो युद्ध चीनको साथ घाटा सम्झौता हो भन्ने विचार बाहिर ल्याइसकेको छ । त्यसोभए, आफ्नै रक्षा विभागको सोचाइको विरूद्ध जाँदा के अमेरिकाले यस समयमा चीनसँग युद्ध गर्ने जोखिम लिन्छ वा चीनलाई पाठ सिकाउनको लागि अर्को बाटो लिनेछ ? कुन बढी आशावादी देखिन्छ भन्ने भोलिका अमेरिका र चीनका व्यवहारले मात्र भन्न सकिने हुन्छ ।
पहिले अमेरिकाले चीनमा आर्थिक प्रतिबन्ध लगायो र अब चीनमा आउने सबै उडानहरू रोक्ने घोषणा गरेको छ । यद्यपि चीनबाट यस निर्णयको लागि कुनै प्रतिक्रिया आएको छैन । मेरिकाको आफ्ना तर्कका आधारमा चीनले अमेरिकी एयरलाइन्सलाई उडानहरू पुनः अनुमति दिँदैन । जुन सन् १९८० मा दुई देश बीचको हवाई यात्रा सम्झौताको उल्लंघन हुने तर्क गरिरहेको छ । यस समयमा चीनमा सबै प्रकारका अन्तर्राष्ट्रिय उडानहरू प्रतिबन्धित रहेका छन ।
अमेरिका आफै कोरोना भाइरसबाट विनाश भइरहेका बेलामा चीनलाई कमजोर पार्न विश्वव्यापी रूपमा बलियो हुँदै गइरहेको चीनलाई ट्रम्पले आक्रामक रूपमा बेइजिंगलाई उचाल्न खोजी गरिरहेका छन । ट्रम्पले चीनलाई विश्व अर्थव्यवस्थालाई अनुचित रूपमा नियन्त्रण गरेको आरोप लगाउँदै आएका छन् । साथै हंकंग, भियतनाम र भारतसँगको सीमा विवादको मुद्दामा पनि चीनको बिरूद्ध खडा हुने अमेरिकी राष्ट्र तयार रहनु प्रयास गरिएका छन ।
ताइवानतर्फ लाग्ने चिनियाँ पंजा अमेरिकी हितका लागि ठूलो खतरा हुन सक्ने अनुमान गरिएका छन् । पेन्टागनको एक रिपोर्ट अनुसार यदि चीनले ताइवानलाई हमला ग¥यो भने अमेरिकाले यसलाई बचाउन सक्दैन । यति मात्र होइन, प्रशान्त महासागरमा अमेरिकाको महत्त्वपूर्ण सैन्य अड्डा गुआम पनि खतरामा पर्नेछ । गुआम रणनीतिक दृष्टिकोणबाट अमेरिकाका लागि धेरै महत्त्वपूर्ण मानिन्छ । किनभने अमेरिकाको सबैभन्दा खतरनाक र आधुनिक लडाकू विमान बी २ बम्बर यहा तैनाथ छन् । तर गुआमको यो टापु चीनको ब्यालिस्टिक क्षेप्यास्त्रको दायरामा पनि पर्छ । र, चीनले ताइवानमा दवाव बढाउन पनि शुरु गरिसकेको छ । यसबाहेक, चीनले ताइवानको नजिक समुद्री किनारमा अहिलेसम्मको सबैभन्दा ठूलो सैन्य अभ्यास पनि गरिरहेको छ ।
अर्कोतर्फ, चीनलाई नियन्त्रणमा राख्न र यसलाई ताइवानमाथि आक्रमण गर्नबाट रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पले सुपर(डुपर मिसाइलहरू उत्पादन गर्ने धम्की दिएका छन् । वास्तवमा हालको अवस्थालाई ध्यानमा राख्दै अमेरिकी रक्षा विभागले आफ्नो सबैभन्दा महत्वाकांक्षी सैन्य प्रोजेक्ट अर्थात् हाइपरसोनिक मिसाइल टेक्नोलोजिमा निर्माणको काम शुरु गरेको छ ।
ट्रम्पको मिसाइलले आवाजको गति भन्दा १७ गुणा छिटो आक्रमण गर्न सक्दछ । यो हालसम्म संसारमा सबभन्दा छिटो हाइपरसोनिक मिसाइल हुनेछ । यी मिसाइलहरू क्रुज र ब्यालिस्टिक मिसाइल दुबैका सुविधाले सुसज्जित छन । यसले पृथ्वीको कक्षाबाट बाहिर निस्केर लक्ष्यलाई लक्षित गर्दछ । हाइपरसोनिक मिसाइलको उच्च गतिको कारणले रडारहरू समेत यसको गतिलाई समात्न सक्दैन । यो ब्यालिस्टिक र क्रुज मिसाइलहरूको विपरित यसको दिशामा परिवर्तन गर्न सक्दछ । रसियासँग ५ गुणा र चीनले ६ गुणा बढी क्षमता भएका मिसाइलमा काम गरिरहेको छन ।
तर बीना तयारी गरिएको हाइपरसोनिक घोषणाले अमेरिकाको शक्ति देखाउँदैन बरु उल्टै उसको डरलाई उजागर गर्दैछ । किनभने अमेरिकालाई लागिरहेको छ चीनले विगतमा गोप्य रूपमा आफ्नो शक्ति बढाएको छ । तर, अमेरिकी जासुश सस्थाहरु पेन्टागनको रिपोर्ट अनुसार एशिया प्रशान्त क्षेत्रमा अहिलेको लडाईं अमेरिकाको लागि ठूलो हार बराबर हुने निष्कर्ष पेश गरेका छन । तसर्थ, विज्ञहरूले अमेरिकाले केही हदसम्म चीनमा दबाब दिन्छ भन्ने धारणा राखेका छन्। ताकि सर्प पनि मरोस र लाठी पनि नभाचियोस ।
प्रतिक्रिया दिनुहोस