काठमाडौं । अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डीभी चिट्ठाको नतिजा आज बेलुका सार्वजनिक हुँदैछ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार डीभी चिठ्ठाको नतिजा नेपाली समय अनुसार राति ९ बजेर ४५ मिनेटमा सार्वजनिक हुनेछ ।
नतिजा डिभलोटरी डट स्टेज डट जिओभि बेवसाइटमा हेर्न सकिने दुतावासले जनाएको छ । दुतावासले डीभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने पनि जनाएको छ । स्थायी बसोबास गर्न चाहनेका लागि अमेरिकाले संसारभरबाट चिठ्ठामार्फत हरेकबर्ष छनौट गर्दै आएको छ ।
यसरी हेर्न सकिन्छ
कन्फर्मेसन नम्बर प्रयोग गरी https://www.dvlottery.state.gov/ मा नतिजा हेर्न सकिने समेत दूतावासले जानकारी दिएको छ।
यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ।
‘डिभीका सम्बन्धमा फोन या इमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ,’ दूतावासले सूचित गरेको छ।
अमेरिकामा रहेका नेपालीले (७०३)९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सक्ने पनि दूतावासको सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस