
एजेन्सी । भारत र चीनको सीमा लद्दाखमा विवाद बढ्दै गएपछि भारतमा चीन विरोधी गतिविधि बढीरहेका छन् । भारतमा चिनियाँ सामानहरु प्रयोग नगर्न सामाजिक सञ्जालहरुमो स्टाटसहरु आउँन थालेका छन् ।
विश्वभरी चिनियाँ उत्पादनका दवदवा भइरहेका बेलामा भारतमा चिनियाँ सामानको वहिष्कार कतिको सम्भाव होला ? भारतमा चीन विरोधी गतिविधि बढिरहेका बेलामा भारतको गेट वे हाउसले भारतमा नै चिनियाँ लगानीमा रहेका कम्पनीहरुको अध्ययन गरिरहेको छ । उक्त अध्ययनमा चिनियाँ विभिन्न कम्पनीहरुले करिब ४ अर्ब डलर बराबरको लगानी भारतमा भारतीयहरुसँग मिलेर वा अन्य विदेशी साझेदारी मार्फत लगानी गरेको पाइएको जनाएको छ ।
भारतका करिब ३० वटा कम्पनी जसको एक अर्बभन्दा बढी लगानी रहेका कम्पनीमा चिनियाँ लगानी रहेको उक्त अध्ययनले जनाएको छ । ३० मध्ये १८ वटामा चिनियाँहरुको लगानीको हिस्सा बढी रहेको छ । गत फेब्रुअरीमा आएको उक्त रिपोर्टका अनुसार चिनियाँहरुको लगानीमा ९२ वटा स्टार्ट अफ राम्रोसँग चलिरहेका छन् ।
अलिबाबा, टेनसेन्ट र बाइटडान्सले भारतमा रणनीतिक तरिकाले लगानी गरेका छन् । अलिबाबाले सिंगापुरमा रहेको कम्पनी मार्फत लगानी गरेको छ । भारतीय कम्पनी विग बास्केटमा २५ करोड डलर लगानी गरेको छ । त्यस्तै अलिबाबाले नै पेटिएमडटकममा नै ४० करोड डलर लगानी गरेको छ । त्यस्तै पेटिएम मलमा नै १५ करोड डलर लगानी गरेको छ । जोम्मेटोमा २० करोड डलर, स्न्याप डिलमा ७० करोड डलर सहित अलिबाबाको मात्र भारतमा करिब पौने दुई अर्ब डलरभन्दा बढी लगानी रहेको छ ।
टेनसेन्ट होल्डिंसले भारतको बाइजुमा ५ करोड डलर, डिम्समा ११ करोड डलर,फ्लिपकार्टमा ३० करोड डलर, हाइक म्यासेन्जरमा १५ करोड डलर, ओलामा ५० करोड डलर, स्विगीमा ५० करोड डलर गरि १ अर्ब ६१ करोड डलरभन्दा बढी लगानी रहेको छ । यी कम्पनीहरुमा रहेको लगानी कयौ चिनियाँ लगानीकर्ता रहेका छन् भने कति पय कम्पनीमा गैर चिनियाँ नागरिकको पनि लगानी रहेको छ ।
बाइडान्सले भारतमा टिकटक सञ्चालन गरिरहेको छ जसले युटुवलाई समेत भारतमा पछाडि पारेको छ । बाइडान्सको मुख्य कार्यालय चीनको बेइजिंगमा रहेको छ । अहिले टिकटकले भारतमा चिनियाँ विरोधी भिडियोहरुमा सेन्सर लगाइरहेको चर्चा समेत हुन थालेको छ । अन्तराष्टिय रिसर्च कम्पनी काउण्डर पइन्टका अनुसार भारतमा मोबाइलको हिस्सा भारतीय बजारमा ६६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ ।
अब भारतमा चिनियाँ उत्पादनहरु भारतीयहरुले बाहिष्कार गरिरहेका छन् तर, भारतमा रहेका बस्तु तथा सेवाहश्र कुन भारतीय र कुन चिनियाँ हुन छुट्याउन नै मुस्किल हुने खालका उत्पादनहरु रहेका छन् । गेट वेको रिपोर्टका अनुसार चिनियाँहरुले आफ्नो लगानी सिंगापुर, हंकंग र मोरिससबाट लगानी गरिरहेका छन् । साथै भारती बजारमा रहेका कति पय विद्युतीय सस्ता सामग्रीहरुमा कुनै पनि ब्राण्डको नाम राखिएको हुँदैन ।
प्रतिक्रिया दिनुहोस