aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार २३५ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ जेठ २०७७
थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार २३५ पुग्यो

काठमाडौं । थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । जसमा जना २८६ पुरुष रहेका छन् भने ३७ जना महिला रहेका छन् ।

संक्रमित हुनेमा मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना छन् ।

त्यसैगरी सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ भने ३६५ जना निको भएर फर्किसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस