
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।
प्रवक्ता डा. देवकोटाका अनुसार मृत्यु भएका डोल्पाका ५८ वर्षिया पुरुष र धनगढिकी ५५ वर्षिया महिला रहेका छन् । डोल्पाका संक्रमित पुरुषको जेठ २१ गते राती २ वजे मृत्यु भएको हो, उनी दमको रोगी रहेका थिए । त्यस्तै, धनगढिकी संक्रमित महिलाको जेठ २३ गते दिउँसो १२ वजे मृत्यु भएको हो, उनी मृगौलाको रोगी रहेकी थिइन् ।
योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ भने संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस