aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

काठमाडौं महानगरपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ जेठ २०७७
काठमाडौं महानगरपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं महानगरपालिकामा चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं महानगरपालिकामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । 

प्रवक्ता देवकोटाका अनुसार संक्रमति दुई महिला र दुई पुरुष रहेका छन् । जो २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष रहेका छन् । संक्रमित दुई जना प्रहरी, एक जना पूर्वप्रहरीकी पत्नी र एक जना अस्पतालको ल्याबमा काम गर्ने हुन् । 

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ भने ३६५ जना निको भएर फर्किसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस