aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

भक्तपुरकी ३१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ जेठ २०७७
भक्तपुरकी ३१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भक्तपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । 

प्रवक्ता डा. देवकोटाका अनुसार भक्तपुरको कमलविनायककी ३१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी सुत्केरी रहेकी छिन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेकी छिन् । 

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ भने ३६५ जना निको भएर फर्किसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस