aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

विश्वका खराब मुलुकको सूचीमा भारत छैटौं स्थानमा, संक्रमित २ लाख ४६ हजार नाघे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ जेठ २०७७
विश्वका खराब मुलुकको सूचीमा भारत छैटौं स्थानमा, संक्रमित २ लाख ४६ हजार नाघे

भारत । भारतका कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेका छ । विश्वका सबैभन्दा खराब मुलुकको सूचीमा भारत छैटौं स्थानमा पुगेको छ। इटालीलाई पछि पार्दै भारत छैटौँ स्थानमा उक्लिएको हो । 

भारतमा २४ घण्टामा १० हजार ४ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै भारतमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको छ । 

त्यस्तै, भारतमा पछिल्लो २४ घण्टामा २ सय ९७ जनाले ज्यान गुमाएसंगै मृतकको संख्या ६ हजार ९ सय ४६ पुगेको छ । त्यसैगरि, १ लाख १८ हजार ६ सय ९५ जना निको भएर घर फर्किएका छन् ।  

प्रतिक्रिया दिनुहोस