
उदयपुर । उदयपुरमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले उदयपुरको बेलका नगरपालिकाका २ जना र चौदण्डीगढि नगरपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।
प्रमुख सुवेदीका अनुसार बेलका नगरपालिका वडा नं. ३ का संक्रमित ३६ बर्षिया पुरुष र ३५ वर्षिया महिला रहेका छन् । उनिहरु श्रीमान श्रीमती हुन् । उनीहरु दुवैजना भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै, नयाँ थपिएका संक्रमित चौदण्डीकागढि नगरपालिका वडा नं ५ का ३२ वर्षिया पुरुष रहेका छन् । उनी काठमाडौंबाट फर्किएका थिए । काठमाडौंबाट फर्किएपछि उनलाई नगरपालिकाले क्वारेन्टिनमा राखेको थियो ।
संक्रमित तिनै जनालाई कोशी अस्पताल विराटनगर पठाउने तयारी भइरहेको प्रमुख सुवेदीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस