
काठमाडौं । काठमाडौंको महाजगञ्जस्थित नेपाल प्रहरी अस्पताल सिल गरिएको छ । अस्पतालमा नै कोरोना संक्रमित भेटिएपछि सिल गरिएको हो ।
शनिवार कोरोना पुष्टि भएका काठमाडौँमा ४ कोरोना संक्रमितमध्ये तीन जना नेपाल प्रहरी अस्पतालमा उपचाररत रहेको खुलेको छ। सङ्क्रमितमध्ये दुई जना नेपाल प्रहरीका हुन् भने एक जना नेपाल प्रहरी परिवार सदस्य रहेको खुलेको छ ।
हाल संक्रमित दुई जनालाई सशस्त्र प्रहरीको बलम्बुस्थित कोरोना विशेष अस्पतालमा लगिएको छ भने अर्का एक जनालाई त्रिवि शिक्षण अस्पताल टिचिङ अस्पताल लगिएको जनाइएको छ ।
अस्पताल प्रशासनका अनुसार अस्पताललाई डिसइन्फेक्ट गरेपछि सञ्चालनमा ल्याइने छ । सङ्क्रमित बिरामीको सम्पर्कमा आएका चिकित्सक तथा नर्सलाई क्वारेन्टाइनमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस