aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

होटल क्वारेन्टीन: फाइभ स्टारले दिएनन्, अन्य ४७ मा सरकारले व्यवस्थापन मिलायो (सूची सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ जेठ २०७७
होटल क्वारेन्टीन: फाइभ स्टारले दिएनन्, अन्य ४७ मा सरकारले व्यवस्थापन मिलायो (सूची सहित)

काठमााडौं । सरकारले विदेशबाट फर्केका नेपालीलाई क्वारेन्टाइनमा राख्नको लागि ४७ वटा होटलको नामावली सार्वजनिक गरेको छ । काठमाडांै जिल्ला प्रशासन कार्यालयले विदेशबाट फर्किर आफ्नै खर्चमा क्वारेन्टाइनका लागि होटलमा बस्न चाहने व्यक्तिहरूलाई सहजीकरण गर्न होटलहरूको प्रारम्भिक नामावली सूची प्रकाशित गरेको हो । जिल्ला संकट व्यवस्थापन केन्द्र काठमाडौंको मिति २०७७ जेठ २ गतेको निर्णय अनुसार प्रकाशित गरेको क्वारेन्टाइनमा प्रयोग हुने होटलहरूको सूचीमा ‘फाइभ स्टार’ होटल एउटा परेका छैनन् ।     

क्वारेन्टाइनको रुपमा तीन वटा ‘फो स्टार’ होटल रहेका छन् । सोमध्य काठमाडौंको ग्राण्ड होटल, रुपन्देही मणिग्रामको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र पोखराको स्वीस इन्टरनेशनल होटल सरोवर रहेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।  

काठमाडौं उपत्यकामा थ्री स्टार ९ वटा, टू स्टार २ वटा र वान स्टार ५ वटा र पार्क भिलेज रिसोर्ट बुढालिनकण्ठ क्वारेन्टाइनको लागि प्रयोग गर्न सकिने भएको छ । त्यस्तै काठमाडौं उपत्यकामा २७ वटा पर्यटकी होटल पनि क्यारेन्टाइनका लागि प्रयोग गरिने सूची तयार भएको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिका विदेशमा रहेका नेपालीहरू स्वदेश फर्कन चाहिरहेका छन् । हिजो दुबई र बर्माबाट केही नेपाली स्वदेश फर्किसकेका छन् । अन्य फर्किने क्रममा रहेका छन् । सरकारले कतिपय मुलुकबाट आफ्नै खर्चमा र कतिपय मुलुकबाट सोही मुलुकको सरकारले खर्च व्यहोर्ने गरी र कतिपय आफैले खर्चको व्यवस्थापन मिलाएर स्वदेश फर्कन लागेका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार विदेशबाट स्वदेश फर्कन चाहिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस