aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

१ हजार दरको २ थान नक्कली नेपाली नोट सहित भारतीय पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ जेठ २०७७
१ हजार दरको २ थान नक्कली नेपाली नोट सहित भारतीय पक्राउ

बारा । पचरौता नगरपालिका–८ लंगडाचोकबाट १ हजार दरको २ थान नक्कली नेपाली नोट सहित भारत बिहार बताउने सोही नगरपालिका–४ मामा घरमा बस्दै आएका २१ वर्षीय इमरान खाँलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पचरौता नगरपालिका–८ लंगडाचोकस्थित पसलमा रिचार्ज कार्ड किन्ने क्रममा खाँले जाली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट उक्त नोटहरु बरामद भएको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस