aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

अर्थमन्त्रीले व्यापारिक घरानासँग साँठगाँठ गरेर विद्युतीय गाडीमा कर बढाए, चकलेटमा घटाएः सांसद रायमाझी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ जेठ २०७७
अर्थमन्त्रीले व्यापारिक घरानासँग साँठगाँठ गरेर विद्युतीय गाडीमा कर बढाए, चकलेटमा घटाएः सांसद रायमाझी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले अर्थमन्त्री युवराज खतिवडाले व्यापारिक घरानासँग साँठगाँठ गरेर विद्युतीय गाडीमा कर बढाएको र चकलेटमा घटाएको आरोप लगाएका छन् । आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । 

सांसद रायमाझीले अर्थमन्त्री खतिवडाले व्यापारिक घरानासँग साँठगाँठ गरेर विद्युतीय गाडीमा कर बढाएको र चकलेटमा घटाएको आरोप लगाउँदै भने, ‘उहाँको संलग्नता देखिन्छ । विशाल ग्रुप, जो विराटनगरकै व्यापारी हुन् अग्रवालहरु । तिनको गाडी यति सय विद्युतीय गाडीहरु आउँदैछ भन्ने भएपछि ‘भित्रिएपछि भन्सार बढाउने ?’ उनले भने, ‘सरकारको एउटा चकलेटमा १० प्रतिशत छुट गराउँदा ३० करोड भन्दा बढी फाइदा हुन्छ । उसले जुन चिज आयात गर्छ त्यसमा बढाइएको छैन, घटाइएको छ । संलग्नता देखिन्छ ।’

त्यस्तै, सरकारले लकडाउनको अवधिमा समेत कर तिर्न गरेको आग्रहप्रति ब्यङ्ग्य गर्दै उनले भने, ‘अर्थमन्त्रीले ऋण खोजेर भए पनि कर तिर भन्नुभएको छ । आज ती ब्यापारीहरुलाई ऋण दिनुहोस् अर्थमन्त्रीज्यू, त्यसको जमानी म बसुँला । त्यसो गरे कसो होला ?’ ब्यापारीहरुलाई सहज वातावरणमा काम गर्न दिए मात्र राजस्व बढी उठ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस