
काठमाडौं । थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २१३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । जसमा जना २०९ पुरुष रहेका छन भने जना ४ महिला रहेका छ ।
संक्रमित हुनेमा झापाका २ जना, सुनसरीका २ जना, मोरङका ३ जना, धादिङका १ जना, रौटहटका १ जना, धनुषाका १ जना, सिरहाका २ जना, कालिकोटका ३ जना, दाङका २ जना, प्युठानका १ जना, रोल्पाका १ जना, कपिलवस्तुका १ जना, दैलेखका ३ जना, सल्यानका २८ जना, सुर्खेतका २० जना, सर्लाहीका ५७ जना, कपिलवस्तुका ९ जना, महोत्तरीका ५ जना, सर्लाहीका १८ जना, सिन्धुपाल्चोकका १ जना र उदयपुरका ३ जना रहेका छन् ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ भने ४६७ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म नेपालका ७१ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।
प्रतिक्रिया दिनुहोस