
काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले कोरोनाबाट थप एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
निर्देशक शर्माका अनुसार कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस