
काठमाडौं । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरणपछि बनेको पाटीको नेतृत्वमा पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबराम भट्टराई चौथो बरियतामा परेका छन् । जनता समाजवादी पार्टीले दल दर्ताका आइनतबार निर्वाचन आयोगमा आवश्यक कागजपत्र बुझाएको छ । सो पार्टीले दल दर्ताका लागि आज आयोगलाई निवेदनसहित दलको आवश्यक कागजात बुझाएको हो ।
जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको नेता केशव झाले जानकारी दिए । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुको घोषणा गरिएको छ । सो पार्टीको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन । बरिष्ठ नेताको रुचीमा डा बाबुराम भट्टराई अशोक राईभन्दा पनि पछिको वरियतामा रहेका छन भने पाँचौ नम्बरको बरियतामा राजेन्द्र महतो रहेका छन ।
दल दर्ताका लागि जनता समाजवादीका नेताहरु ठाकुर, यादव, डा भट्टराई, महतोलगायत शीर्षस्थ नेताहरु आइतबार साँझ निर्वाचन आयोग पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस