aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

एमसीसीबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ जेठ २०७७
एमसीसीबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन ‘एमसीसी’ बारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह चार बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।

पार्टीमा विवाद भएपछि गठन भएको अध्ययन कार्यदलको सिफारिसविपरीत एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि नेकपामा विवाद बढेको छ ।

अघिल्लो सचिवालय बैठकले संसदबाट पारित नभएसम्म एससीसीका काम अघि नबढाउने सहमति गरेको थियो । प्रधानमन्त्री ओली संसदको यही अधिवेशनवाट एमसीसी पारित गराउने पक्षमा छन् । तर, सचिवालयका बहुमत सदस्य भने एमसीसीको विपक्षमा रहेका छन् । नेकपाभित्रको आन्तरिक विवादले गर्दा एमसीसी सम्झौता संसदमा पेस हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस