aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

अवैध रुपमा लैजाँदै गरेको भैंसी र पाडा सहित ८ जना व्यक्ति पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ जेठ २०७७
अवैध रुपमा लैजाँदै गरेको भैंसी र पाडा सहित ८ जना व्यक्ति पक्राउ

पर्सा । जगरनाथपुर गाउँपालिका(५ झाकरा मसियानीबाट ना.५ ख ८२४४ र ना.७ ख ६२८० नम्बरको ट्रकमा अवैध रुपमा भैँसी र पाडा लोड गरी काठमाडौंतर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

ईलाका प्रहरी कार्यालय पोखरिया र ईलाका प्रहरी कार्यालय जानकीटोला पर्साबाट खटिएको प्रहरीले उक्त ट्रकमा ३७ भैंसी र १२ पाडा लोड गरी लैजाँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । 

उक्त ट्रक, ट्रकका दुवै जना चालक र रेखदेख गर्ने ६ जना गरी ८ जना व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस