
अमेरिकामा पुलिसको हातबाट जर्ज फ्लोइड नाम गरेका एक काला जातिका व्यक्तिको मृत्यु हुँदा पुरै राज्यमा खलबली मच्चिएको छ। त्यहाँका ४०० भन्दा बढी सहरहरूमा प्रदर्शनहरू भएका छन् । हरेक प्रमुख सहरमा लुटपाट र आगजनी गरिएको छ। राज्यको विरोध गर्न सडकमा धेरै मानिसहरू उत्रिएका छन् ? यो अवस्था किन आएको छ भने प्रदर्शनकारीहरूलाई यो विश्वास छ कि अमेरिकी समाज व्यवस्थित योजनावद्द रूपमा जातीयवादी छ । त्यसैले पुलिसले काला मान्छेहरूलाई क्रूरतापूर्वक हत्या गर्छ ।
मिडियाले लगातार संसारभरका मानिसहरूलाई यही बताइरहेको छ कि अमेरिकी प्रहरी जातीयवादी छ । अनि धेरै मान्छेहरूले जर्ज फ्लोइडको मृत्युको घिनलाग्दो भिडिओलाई त्यसको प्रमाण प्रमाणको रूपमा पेस गरिरहेका छन् । तर, के यो आम बुझाई सही हो ? तथ्यहरूलाई हेरौँ।
हरेक वर्ष, अमेरिकी पुलिस अफिसरहरू औसतमा ३७ करोड नागरिकहरूको सम्पर्कमा पुग्छन् । त्यसमा धेरै जसो घटनामा केही पनि हुँदैन । एक वर्षमा एक करोड ३० लाख पटक पुलिसले गिरफ्तार गर्दछ। अब प्रश्न उठ्छ ती मध्ये कति निःशस्त्र काला व्यक्तिलाई पुलिसले हिरासतमा मार्छ ? अमेरिकामा पुलिसबाट भएका हत्याबारे वासिङ्टन पोस्टले सार्वजनिक गरेको डाटाबेसलाई हेर्नु भयो भने तपाई छक्क पर्नु हुन्छ । अनुमान लगाउनु होस्, पुलिसबाट मारिने निःशस्त्र काला मान्छेको सङ्ख्या वार्षिक कति होला ? एक सय ? दुई सय ? तीन सय ? अचम्म लाग्छ, गत वर्ष यो सङ्ख्या जम्मा ९ थियो।
तथ्याङ्क हेर्दा त्यो सङ्ख्या हरेक वर्ष घट्दैछ, बढेको देखिँदैन । सन् २०१५ मा पुलिसले ३८ जना निःशस्त्र कालाहरू मारे। सन् २०१७ मा यो सङ्ख्या २१ थियो । प्रश्न उठ्छ, गोराहरू चाहिँ कति मरे ? गत वर्ष, पुलिसले १९ निःशस्त्र गोरालाई मारे । निःशस्त्र कालाहरू भन्दा १० जना बढी । यसले रोचक तथ्य पेस गर्छ कि पुलिसको कब्जामा मर्ने/मारिने विषयमा कुनै जातिभेद छैन । तथ्याङ्कले देखाउँछ, २ लाख ९२ हजार पक्राउ पर्ने काला मानिस मध्ये १ जनाको यसरी मृत्यु हुने गरेको छ जबकि गोराको हकमा २ लाख ८३ हजार पक्राउ पर्दा १ जना मारिएका छन् । यो तथ्य हाम्रो बुझाई बदल्न पर्याप्त छैन ? तर, मिडियाले मृत्युको रिपोर्ट यो तरिकाले प्रस्तुत गरेन ।
सन् २०१५ देखि जब वासिङ्टन पोष्टले यसबारे ट्र्याक गर्न सुरु गर्यो त्यसमा के देखियो भने पुलिसले एक वर्षमा लगभग १,००० व्यक्तिको हत्या गरे। हरेक वर्ष यसरी मर्नेमा एक चौथाइ कालाहरू हुन्छन्। यसरी हर्दा करिब कुल जनसङ्ख्याको करिब १३ प्रतिशत रहेका कालाको मृत्यु जनसङ्ख्याको अनुपातमा करिब दुई गुणा छ। त्यसो भए के यो पुलिसमा रहेको जातिवादको प्रमाण हो? अहँ, होइन।सत्य यो हो की अमेरिकाका कालाहरू गोरा भन्दा बढी हिंस्रक र आक्रामक तरिकाले कार्य गर्दछन् । जसले गर्दा प्रहरीसँग उनीहरूलाई गोली हान्नु बाहेक अरू कुनै विकल्प हुँदैन ।
सन् २०१८ को तथ्याङ्क हेर्दा देखियो कि पक्राउ परेका मध्ये हिंसात्मक अपराधमा ३७ प्रतिशत, डकैती गर्ने ५४ प्रतिशत र हत्याको आरोपमा ५३ प्रतिशत कालाहरू थिए । यस किसिमको हिंस्रक अपराधमा यति धेरै कालाहरू संलग्न भएका छन् कि पुलिसद्वारा मारिएका २५ प्रतिशत वास्तवमा कम हो ।
अर्को तर्फ हेरौँ, हरेक वर्ष औसतमा अपराधीहरूले करिब १२० देखि १५० जना पुलिस अधिकारीहरूलाई मार्छन्। एफबीआईद्वारा प्रकाशित तालिकाले देखाउँछ कि प्रत्येक वर्ष औसतमा ३५ प्रतिशत प्रहरी अधिकारीहरू अश्वेतहरूद्वारा मारिन्छन्। यसरी हेर्दा पुलिसले मारेका मध्ये २५ प्रतिशत काला हुनु कसरी बढी हो जबकि कालाबाट त्यो भन्दा बढी अनुपातमा पुलिस मारिएका छन् भने उनीहरू नै अत्यधिक हिंस्रक र आपराधिक कार्यमा संलग्न छन् ।
मानिसहरू भन्ने गर्छन् हिंसात्मक अपराधको लागि कालाहरूको उच्च पक्राउ दरले पुलिस जातिवादलाई दर्साउँछ । आरोप लगाउने गरिएको छ पक्षपाती पुलिसले निर्दोष कालाहरूलाई पक्राउ गर्दछ र दोषी भए पनि गोरालाई छोडिदिन्छ । त्यसैले कालाहरूको पक्राउको प्रतिशत यति बढी छ। के पुलिसले लुटेरा वा आक्रमणकारीको गोरो वा कालो कस्तो रङ्गको छ भनेर मात्र पक्रने वा नपक्रने निर्णय गर्छ ? वा, कुनै घटनाको खबर आएपछि त्यहाँ पुगेर कुनै निर्दोष कालो मानिसलाई गिरफ्तार गर्छ ? के यसरी कालो रङ्गको निर्दोष मानिसलाई पक्राउ गर्दा उनीहरूलाई पुरस्कृत गरिन्छ ? नत्र किन उनीहरूले त्यस्तो जातिवाद दर्साउलान् ?
धेरै कडा प्रमाणहरू छन् जसले अमेरिकामा "जातीय" गिरफ्तारी गरिन्छ भन्ने विचारको खण्डन गर्छ । प्रत्येक वर्ष, अमेरिकी न्याय ब्युरोले राष्ट्रिय अपराध पीडित सर्वेक्षण सञ्चालन गर्दछ। एक लाख साठी हजार भन्दा बढीको सहभागितामा गरिने यो सर्वेक्षणमा उनीहरूलाई हिंस्रक अपराधको सिकार हुने व्यक्तिको रूपमा उनीहरूको अनुभवहरूको बारेमा सोधिन्छ । जसमा अमेरिकी जनता भन्छन् कि लगभग आधा अपराधीहरू काला थिए। त्यस कारण, पुलिसले अपराधी पक्राउ गर्दा आधा काला पर्नु स्वाभाविक हो । उनीहरूले जातिगत हिसाब नराखी गर्नु पर्ने काम गरिरहेका छन् ।
रोलान्ड फ्रायर एक काला जातिका अर्थशास्त्री हुन् । उनी हार्वर्डमा सेवा गर्न पाउने सबैभन्दा कान्छो व्यक्ति पनि हुन् । माइकल ब्राउन र फ्रेडी ग्रेको मृत्युपछि उनी पनि पुलिससँग रिसाए र १० ठुला सहरका पुलिस विभागका पुलिसले गरेको घातक शक्ति प्रयोग बारे आफैँ अनुसन्धान गरे। उनको १३३२ वटा गोलीवारिको विस्तृत अध्ययन गरे । जसमा उनले ध्यानपूर्वक प्रत्येक हत्याको अवस्थालाई तुलना गरे तर पुलिसले जातको आधारमा पक्षपात गरेको कुनै प्रमाण भेटिएन। बरु के देखियो भने, पुलिसलाई धम्की दिने कालाहरूलाई भन्दा धम्की दिने गोरालाई गोली हान्ने गरिएको बढी थियो। उनले भनेका छन्, "यो मेरो क्यारियरको सबभन्दा आश्चर्यजनक शोध परिणाम हो।"
किन प्राध्यापक फ्राइर छक्क परे? किनभने उनले थाहा पाए कि मिडियाले जाति र अपराधको बारेमा कति झुट बोल्छन् । यहाँ एक विशेष उदाहरण छ । जून ३ मा, जर्ज फ्लोइडको मृत्युमा भएको दङ्गाको बिचमा, न्यु योर्क टाइम्सले यस्तो शीर्षकको साथ एक लामो र विस्तृत लेख प्रकाशित गर्यो: “मिनियापोलिस पुलिसले काला मानिसहरू विरुद्ध गोरालाई भन्दा ७ गुना बढी दरमा बल प्रयोग गर्दछ।” यसले पुलिसको डरलाग्दो पूर्वाग्रहको प्रभाव छाड्यो जुन टाइम्सले स्पष्ट रूपमा व्यक्त गर्न चाहेको थियो। यद्यपि उक्त लेखमा अपराध दर वा गिरफ्तार दरमा जातीय मतभेदको बारेमा केही पनि समावेश गरेको छैन । यो रिपोर्ट वास्तवमा आफैँ अतिरञ्जित छ ।
के संदिग्धहरुको पक्राउका क्रममा हुने प्रतिरोधमा जातीय भिन्नता देखिन्छ ? न्यू योर्क सहरमा गरिएको एक अध्ययनमा पाइयो कि लागू औषध कब्जा गर्ने क्रममा कालाहरूले गरेको पक्राउको प्रतिरोध गोराको तुलनामा दुई गुणा बढी थियो। समग्रमा अमेरिकाको प्रतिनिधित्व गर्ने हो भने यो अझै प्रमाणित हुन्छ कि काला आपराधिक व्यवहार गोरा भन्दा फरक छ । कालाहरूमा पुलिसले पक्राउ गर्ने क्रममा हिंस्रक हुने सम्भावना बढी देखियो ।
निष्कर्षमा, भन्न के खोजिएको हो भने मिनियापोलिसमा जर्ज फ्लोइडलाई जे भयो त्यो ठिक थियो भन्न वा प्रमाणित गर्न कोसिस गरिएको होइन । उनलाई घाँटीमा घुँडाले टेक्नु क्रूर कर्म र कुख्यात व्यवहार हो।
त्यसैले ती पुलिस अफिसर अनुसन्धानमा छन् र यदि त्यो दोषी ठहर भयो भने उनलाई सजाय हुनुपर्छ । भन्न खोजिएको यो हो कि पुलिस भेदभावको विरुद्ध प्रदर्शन र दङ्गा गर्नु होइन ठिक होइन । किनकि त्यहाँ कुनै प्रणालीगत पूर्वाग्रहको प्रमाण छैन । अवश्य पनि अमेरिकी पुलिसमा केही खराब व्यक्ति हुन सक्छन् । तर, धेरै जसो केसहरूमा पुलिसले अपराधीहरूसँग राम्रोसँग व्यवहार गरेको देखिन्छ ।
यहाँ जोड दिन खोजिएको यो हो कि सुधार पुलिसमा होइन पूर्वाग्रही मिडियामा आवश्यक छ । यो सङ्कट तबसम्म अन्त्य हुँदैन जबसम्म प्रेसले सत्य चित्र प्रस्तुत गर्न सक्दैन । दङ्गा र लुटपाट गलत हो जे कारणले गरिएको भए पनि।
प्रतिक्रिया दिनुहोस