aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

पार्किङ गरेर राखिएका चार एस्काभेटरमा आगजनी, चार करोड बढीको क्षति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ जेठ २०७७
पार्किङ गरेर राखिएका चार एस्काभेटरमा आगजनी, चार करोड बढीको क्षति

दाङ । पार्किङ गरेर राखिएका चार वटा एस्काभेटरमा आगजनी भएको छ । दाङको गढवा गाउँपालिका–१ जेठान गाउँस्थित राप्ती नदी बगरमा पार्किङ गरी राखिएका चार एस्काभेटरमा आगजनी भएको हो । 

इलाका प्रहरी कार्यालय गढवाका अनुसार बज्रगुरू कान्छाराम कन्ट्रक्सन प्रालि ललितपुर काठमाडौंका बा २ क ३१४८, बा २ क २२७१, बा २ क ४४८२ र एउटा अनटेस्ट एस्काभेटरमा आइतबर राति आगजनी भएको हो ।

आगजनीबाट ४ करोड बढीको क्षति भएको  छ । आगजनी कसले किन गरेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस