aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

भक्तपुर अस्पतालमा  सुत्केरीको मृत्यु, अस्पतालका सबै सेवा बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ जेठ २०७७
भक्तपुर अस्पतालमा  सुत्केरीको मृत्यु, अस्पतालका सबै सेवा बन्द

काठमाडौं । भक्तपुर अस्पतालमा आइतबार राति एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला लिसंखु गाउँपालिका–३ घर भई चाँगुनारायण नगरपालिका–४ बस्ने ३६ वर्षीया महिला रहेकी छिन् ।

अस्पतालका एक स्वास्थ्यकर्मीका अनुसार अस्पतालमा सुत्केरीको शंकास्पद मृत्यु भएपछि सेवा बन्द गरिएको छ । मृतक महिलाको कोरोनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको र रिपोर्ट आउन बाँकी रहेको छ।

महिलाको शव अस्पतालको प्रसूती वार्डमा नै राखिएको छ।  सुत्केरी भएपछि उनको मृत्यु भएको र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस