
सुर्खेत । कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मिनारायण तिवारीका अनुसार थप १६ जनामा कोरोना संक्रमण पृष्टी भएको हो ।
प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार सल्यानमा थप १०, दैलेखमा ५ र सुर्खेतमा १ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
योसंगै कर्णाली प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस