
एजेन्सी । विगत केही वर्षदेखि भारतको केन्द्र सरकारले सस्तोमा सुन विक्रि गर्ने योजना चलाइरहेको छ । यस योजना अन्तर्गत सबैले सस्तो सुन किन्न सक्नेछन । यद्यपि सुनमा लगानी गरेर नाफा कमाउन सकिने छ । सरकारको यो योजना फेरि यहि जूनदेखि शुरु भएको छ ।
यो केन्द्रीय सरकारको सौभरेन्ट बण्ड योजना हो । यस योजना अन्तर्गत ४ हजार ६ सय ७७ रुपैयाँ प्रतिग्राममा भारुमा सुन खरिद गर्न सकिने छ । हुन्छ। सामान्य रूपमा यस पटक पनि अनलाइन आवेदन दिने र डिजिटल भुक्तानी गर्ने लगानीकर्तालाई प्रति ग्राम ५० रुपैयाँ छुट दिने निर्णय गरिएको छ । अनलाइनबाट सुन खरिद गरेमा ४ हजार ६ सय २७ प्रति ग्राम भारुमा सुन खरिद गर्न पाइने छ ।
सुनलाई बण्डका रूपमा किन्न सकिन्छ । तर, यो सुन खरिद गरेर गरगना बनाउन भने पाइने छैन । यो एक प्रकारको लगानी योजना हो । यस पटक तपाईंसँग यस लगानीको लागि ८ जूनदेखि १२ सम्मको अवसर छ ।
बैंक मार्फत लगानीको लागि अनलाइन सम्पर्क गर्न सकिने छ । सुन, बैंक, एनएसई र बीएसई बाहेक पोष्ट अफिसबाट बिक्री गरिन्छ र स्टक होल्डिंग कर्पोरेशन अफ इंडिया लिमिटेड मार्फत पनि खरिद गर्न सकिने छ ।
भारतीय केन्द्री बैंक रिजर्व अफ इण्डियाले सुनको मूल्य तोक्ने छ । हाल सार्वजनि भएको सुनको मुल्य आउँदो ६ महिनासम्म रहेने रिजर्व बैंकले जनाएको छ । यस योजनामा भाग लिनका लागि कम्तिमा एक ग्राम सुन किन्नु पर्छ । सौभरेन्ट गोल्ड बन्ड योजना अन्तर्गत अधिकतम ५०० ग्राम सुन बन्ड एक आर्थिक वर्षमा किन्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस