aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

भारतको यो बाध्यता बुझेर चीन छ ढुक्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ जेठ २०७७
भारतको यो बाध्यता बुझेर चीन छ ढुक्क

एजेन्सी । भारतमा चलेको चिनियाँ उत्पादन प्रयोग नगरौँ भन्ने अभियानले आफ्नो भारतसँगको व्यापारमा कुनै फरक नपर्नेमा चिनियाँहरू ढुक्क देखिएका छन् । भारतीय दैनिक जीवनमा व्यापक भएका कारण चिनियाँ उत्पादनको बहिष्कार गर्ने आह्वानहरू असफल हुने चिनियाँ विश्लेषण देखिएको छ ।

भारतमा चीन विरोधी भावनालाई भारतीय राष्ट्रवादीहरूले जानाजानी बढाएको निष्कर्षमा पुगेका चिनियाँहरूले पछिल्लो अभियानलाई चीनलाई बदनाम गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन् । तर, चिनियाँ उत्पादनमा धेरै भारतीय अभ्यस्त भएकाले त्यसले आफ्ना उत्पादनलाई भारतीय बजारमा प्रभाव घटाउन नसक्ने ठम्याई उनीहरूको छ ।

चिनियाँ विश्लेषकहरूले भनेका छन्, ‘हाम्रो उत्पादन प्रतिस्थापन गर्न गाह्रो छ।’ पछिल्लो हप्तामा चीन र भारत बिच सीमा तनाव पछि चिनियाँ उत्पादनको बहिष्कारको आह्वान बढेको हो। केही दिन अघि एक अनलाइन भिडियो मार्फत सबै भारतीयले चिनियाँ वस्तुहरूको बहिष्कार गर्नु पर्छ भन्ने आव्हान गरिएको थियो ।

भारतीय स्मार्टफोनबाट चीनमा विकसित एपहरू हटाउन सक्षम रहेको भनिएको "रिमुभ चाइना एप " नामक एक एप गुगल प्ले स्टोरमा भाइरल भएको थियो जसलाई अघिल्लो बुधवार त्यसबाट हटाइएको छ । यो सबै कामलाई विश्लेषकहरूले चीन विरोधी भावना आफ्ना नागरिकमा बढाउने भारतीय राष्ट्रवादीहरूको भड्काइपूर्ण कामको परिणाम भनेका छन् । "चीन र भारतबिचको सीमा तनाव कुनै गम्भीर छैन र दुवै सरकारले सतर्कता अपनाइरहेका छन्, तर भारतीय मिडियाले चीनको बेइज्जत र निन्दालाई चरम उत्कर्षमा पुर्‍याएका छन् ।

केही भारतीय मिडियाका अनुसार सेनाका शीर्ष रणनीतिक कमान्डरहरूको नेतृत्वमा चिनियाँ र भारतीय सैन्य अधिकारीहरूबिच शनिवारको बैठक बसेको थियो जसले सीमा तनाव कम गर्ने विषयलाई सहज पार्दैछ । चिनियाँ विज्ञहरूले यस्तो चेतावनी पनि दिएका छन् कि "मेड-इन-चाइना उत्पादन अभियान" ले स्थानीय भारतीय जनतालाई बढी बोझ थप्न सक्छ, किनभने चिनियाँ उत्पादन भन्दा सस्तो बस्तुको विकल्प भारतीय उत्पादन हुन सक्दैनन् ।

भारतीयहरूलाई उच्च गुणस्तरको चिनियाँ उत्पादनहरूको बहिष्कार गर्न एकदम गाह्रो छ। मोदी सरकारले भारतको उत्पादन क्षेत्रलाई बढवा दिने लक्ष्य राखेको छ, तर यो भारतको जिडिपीको १६ प्रतिशत मात्र हो । त्यसैले चिनियाँ उत्पादनको लागि भारतीयहरूको माग त्यहाँ निरन्तर हुनेछ र त्यो घट्ने छैन ।

इकोनोमीक टाइम्सको रिपोर्टले देखाएको छ कि भारतमा चिनियाँ स्मार्टफोन ब्रान्डको बजार हिस्सा लगभग ७२ प्रतिशत छ। चिनियाँ स्मार्ट टिभीको सेयर भारतमा स्थानीय बजारको ४५ प्रतिशत छ । चिनियाँ स्मार्ट टिभीको विकल्प त्यो भन्दा २० देखि ४५ प्रतिशत महँगो भारतीय उत्पादन हुन् सक्दैन । त्यसो त सन् २०१९ मा भारत र चीन बिच भएको ९३ बिलियन डलरको व्यापार सम्झौता पनि यो विषयमा चर्चा गर्दा उल्लेखनीय देखिन्छ ।

प्रतिक्रिया दिनुहोस