aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

न्यूयोर्कमा कर्फ्यु हट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ जेठ २०७७
न्यूयोर्कमा कर्फ्यु हट्यो

न्यूयोर्क ।  न्यूयार्क शहरमा एक सातादेखि लगाइएको निषेधाज्ञा हटाइएको छ । न्यूयोर्कका मेयर बिल डी ब्लासियोले सातादेखि लगाइएको निषेधाज्ञा हटाएको घोषणा गरेका हुन् ।

मिनियापोलिस राज्यमा प्रहरी नियन्त्रणमा एक अश्वेत व्यक्ति जर्ज फ्लोएडको मृत्यु भएपछि भड्किएको हिंसा र प्रदर्शनका कारण न्यूयोर्क शहरमा एक सातासम्म निषेधाज्ञा लगाइएको थियो । अराजक र उग्र भिडले न्यूयोर्कमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो । 

मेयर ब्लासियोले ट्वीटरमार्फत निषेधाज्ञा हटाइएको घोषणा गरेका थिए । न्यूयोर्क शहरको ७५ वर्षको इतिहासमा पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो । कोरोना भाइरस महामारीका कारण झण्डै दुई महिना लकडाउन गरिएको न्यूयोर्क शहरमा आर्थिक गतिविधिलाई पुनर्जीवित तुल्याउन यही सोमबारदेखि पहिलो चरणको खुला गर्ने तयारी गरिएको छ ।

अमेरिकाकै सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्कमा २१ हजारभन्दा बढी व्यक्तिको कोरोना भाइरसका कारण ज्यान गएको थियो । अधिकारीहरुका अनुसार पहिलो चरणमा निर्माण र उत्पादनका कार्यहरु पुनः खुला हुनेछन् । खुद्रा पसलहरुमा मानिसको भिडभाड नहुने शर्तमा खुला गर्न दिइने छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस