
बारा । बारामा आलोपालो बजार खोल्न अनुमति दिएको तेस्रो दिनमा अत्यावश्यकीयबाहेकका सबै पसल बन्द गरिएको छ ।
कोरोना संक्रमण फैलिन नदिन पर्याप्त सावधानी अपनाएर व्यवसाय खोल्न भनिएपनि पालना नभएपछि बन्द गराउनुपरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
यसअघि, ‘लकडाउन’ले व्यापार, व्यवसाय चौपट भएको गुनासो बढेपछि प्रशासनले लकडाउन खुकुलो बनाएर व्यापार चलाउन सहजीकरण गरेको थियो ।
सोमबार प्रहरीले पसल बन्द गराएपछि व्यापारीहरु भने आक्रोशित भएका छन् ।
प्रतिक्रिया दिनुहोस