aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

पपुआ न्यू गिनीमा शक्तिशाली भूकम्प

  • एएफपी
    एएफपी
  • सोमबार, २६ जेठ २०७७
पपुआ न्यू गिनीमा शक्तिशाली भूकम्प

सिड्नी ।  प्रशान्त महासागरको द्विपीय राष्ट्र पपुआ न्यू गिनीमा सोमबार बिहानै ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । 

सर्भेका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु कोकोपो शहरबाट १३१ किलोमिटर दक्षिणपश्चिम तथा जमिनको सतहबाट करिब ५३ किलोमिटर गहिराईमा रहेको थियो । तर कुनै सुनामीको चेतावनी दिइएको छैन । भूकम्पबाट कुनै जनधनको क्षतिको विवरण भने प्राप्त भएको छैन । 

प्रतिक्रिया दिनुहोस