
अछाम । जागिरबाट हटाएको भन्दै आफैंमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका साँफेबगर नगरपालिका–६ भागेश्वरका सिद्धान्त आउजीको मृत्यु भएको छ । सोमबार विहान वयलपाटा अस्पतालको आकस्मिक कक्ष अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएका आउजीको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको हो ।
साँफेबगर इलाका प्रहरी कार्यालयका अनुसार हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि सोमबार दिउँसो नै कोहलपुर लगिइए पनि उपचारकै क्रममा मृत्यु भएको हो ।
अस्पतालमा आर्थिक संकट परेको भन्दै सिद्धान्तलगायत ३२ जना कर्मचारीलाई करार सम्झौता नगरेको प्रहरीले जनाएको छ । आउजी अस्पतालको सरसफाइ कर्मचारीको रुपमा डेढ वर्षदेखि कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस