aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

रूपन्देहीमा ५ जनाको सामुहिक हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ जेठ २०७७
रूपन्देहीमा ५ जनाको सामुहिक हत्या

काठमाडौं । रूपन्देहीको तिलोत्तमामा पाँच जनाको सामूहिक हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका –१० कान्छीबजारमा पाँच जनाको सामूहिक हत्या भएको हो ।

रुपन्देही प्रहरीका अनुसार ‘स्थानीय एक कृषकको फार्ममा काम गर्ने युवकले हत्या गरेको प्रारम्भिक सूचना आएपछि शंकास्पद एक जनालाई नियन्त्रणमा लिइएको छ, थप अनुसन्धान भइरहेको छ।’  

हत्या किन भयो भन्ने खुल्न सकेको छैन भने मृतकहरुको पहिचान पनि खुलेको छैन । प्रहरीका अनुसार ४ जनाको एकै ठाउँमा मृत्यु भएको छ भने एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस