
एजेन्सी । कोरोना भाइरस सङ्क्रमणको सुरुवात चीनको वुहान सहरमा भयो। त्यसपछि यो भाइरस संसारको सबैजसो देशहरूमा फैलियो। अहिलेसम्म विश्वभर ७१ लाखको हाराहारीमा मानिसहरू कोरोनाबाट सङ्क्रमित भएका छन् । चार लाख भन्दा बढीको मृत्यु भइसकेको छ।
अमेरिकाले कोरोना भाइरसका सम्बन्धमा चीनको भूमिकाको बारेमा शङ्का उत्पन्न गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठन लगायतका संस्थाले अमेरिकी दाबीको बेवास्ता गरेपछि अमेरिकाले आक्रोश व्यक्त गर्दै विश्व स्वास्थ्य सङ्गठनसँगको सम्बन्ध नै विच्छेद गरेको छ ।
त्यसयता पनि लगातार चीनलाई आरोप लगाउँदै आएको छ कि चीनले भाइरसको बारेमा पारदर्शिता देखाएको छैन । यद्यपि चीनले सुरुदेखि नै यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ ।
आफ्नो दाबीलाई बलियो बनाउन अमेरिकाले फेरी अर्को तिकडम सुरु गरेको छ । त्यो हो, हार्वर्ड मेडिकल स्कुलले गरेको भनिएको एक अध्ययन । सो अध्ययनमा यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्दै आएको झैँ दाबी गरिएको छ।
सो अनुसन्धान भन्छ कि भाइरसको सङ्क्रमण चीनमा धेरै पहिले नै सुरु भएको हुन सक्छ। उपग्रह मार्फत खिचिएका वुहान सहरका केही व्यावसायिक फोटोग्राफरहरूको अध्ययन गर्दा यस्तो देखिएको बताइएको छ । यी चित्रहरू सन् २०१९ अगस्टका हुन् । जसमा ठुलो सङ्ख्यामा सवारी सवारीहरू वुहान सहरस्थित अस्पताल बाहिर देखिन्छन्। अध्ययनका अनुसार यो सम्भव छ कि कोभिड १९ को प्रकोप चीनमा रिपोर्ट गरिएको धेरै समय अघि नै सुरु भएको थियो।
त्यस समयमा अन्वेषकहरूले वुहानको ५ वटा प्रमुख अस्पताल बाहिर आश्चर्यजनक सवारीसाधनको भीड देखिएको उल्लेख गरेका छन्। जे होस्, यो पनि सम्भव छ कि मौसमको कारणले हुने खोकी, ज्वरो र पखालाको कारण धेरै मानिसहरू अस्पताल पुगेका हुन् । यी कोभिड १९ का सामान्य लक्षणहरू पनि हुन्।
डा. जोन ब्राउनस्टेनले यो अध्ययनको नेतृत्व गरिरहेका छन्। उनी भन्छन् कि प्रमाण परिस्थितिगत छन् । एक टिभी अन्तर्वार्तामा उनले यो तथ्यले भाइरसको उत्पत्ति बुझ्नको लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।
सन् २०१९ को डिसेम्बरमा, चीनले विश्व स्वास्थ्य सङ्गठनलाई कुनै अज्ञात कारणले निमोनिया जस्ता घटनाहरू भएको बारेमा जानकारी गरायो। यसको नौ दिनपछि चिनियाँ अधिकारीहरूले घोषणा गरे कि उनीहरूले भनेको निमोनियाका धेरै घटनाहरूमा कोरोना भाइरस पाइयो ।
प्रतिक्रिया दिनुहोस