
काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह र उनकी छोरी पूर्णिका र कृतिका शाहको टिकटक भिडियो भाइरल भइरहेको छ ।
लकडाउनको फुर्सदिलो समयमा टिकटकमा रमाएको देखिन्छ । उनीहरुको ‘यो मन त मेरो नेपाली हो’ भन्ने गीतमा नाचेको भिडियो धेरैले हेरेका छन् ।
जस्तोसुकै असहज परिस्थितीमा पनि हँसिलो मुहारकासाथ देखापर्ने हिमानी भिडियोमा पनि छोरी पुर्णिकाको साथमा खुसी देखिन्छिन् ।
पूर्णिकाले तयार पारेको टिकटक भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको हो ।
अर्की छोरी कृतिकाको टिकटक भिडियोलाई पारस शाहले आफ्नो फेसबुक पेजमा शेयर गरेका छन् ।
शुभेच्छुकहरुले सामाजिक संजालमा हिमानीलाई छोरीहरुसँग दिदीबहिनी झैं देखिएको समेत बताएका छन्। धेरै शुभेच्छुकहरुले उनीहरुलाई फलो गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस