
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीमा कर बढाउने विषय सैद्धान्तिक रुपमा ठीक रहेको बताएका छन् । बिनियोजन विध्येकमाथि उठेका प्रश्नको जवाफ दिंदै खतिवडाले यस्तो बताएका हुन् ।
उनले भने, ‘विद्युतीय गाडीमा कर बढाउने विषय सैद्धान्तिक रुपमा ठीक हो, गाडी कति सरल र कति सस्तो छ भन्ने कुरामा यो कुरा भर पर्छ, विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थभन्दा कम हुुनु पर्छ, तव मात्र त्यसलाई प्रोत्साहन गरिन्छ ।’
सार्क मुलुकमा भन्सार महसुल ४० देखि ५० प्रतिशत रहेको बताउँदै उनले नेपालमा पनि सस्तो हुनु पर्ने बताए । विद्युतीय सवारी साधन सरल र सस्तो किसिमले चलाउन पाउनु पर्ने उनको भनाई छ ।
खतिवडाले गाडीलेमात्र खपत गरेर बिजुलीको सदुपयोग नहुने भएकाले औद्योगिक प्रयोगमा पनि ध्यान दिनुपर्ने बताएका हुन्।नाकाबन्दी पछि निजी सवारीलाई सरकारले १० प्रतशित भन्सारमा पारित गराउने व्यवस्था गरेको भएपनि अहिले पनि त्यही व्यवस्था राख्नुपर्छ भन्नेमा आफू नरहेको प्रष्ट पारे।
‘हामी सार्वजनिक यातायातलाई प्रबर्द्धन गर्ने नीतिमा छौ। त्यसैले त्यसका लागि आउने गाडीको भन्सार दर कायमै छ। त्यसमा हेरफेर गरिएको छैन। तर निजी प्रायोजनका लागि प्रयोग हुने सवारीको भन्सार दर त्यही १० प्रतिशत हुनुपर्छ भन्ने छैन। तर कति बनाउने भन्ने विषयमा छलफल गर्न सकिन्छ’ खतिवडाले भने।
प्रतिक्रिया दिनुहोस