aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

न्यूरोड क्षेत्रमा प्रहरी र व्यापारीहरुबीच तनाब उत्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ जेठ २०७७
न्यूरोड क्षेत्रमा प्रहरी र व्यापारीहरुबीच तनाब उत्पन्न

काठमाडाैं । मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच काठमाडाैंकाे न्यूरोड क्षेत्रमा तनाब उत्पन्न भएको छ । उक्त क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेकबहादुर शाक्यले प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको बताए ।

स्थानीयका अनुसार प्रहरीले पसल बन्द गर्न दिएको निर्देशन व्यापारीहरुले नमानेपछि झडपको स्थिति आएको थियो । तनावपछि न्युरोड गेट, रन्जना गल्ली आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

व्यापारीहरुले लामो लकडाउनले समस्यामा परेको भन्दै लकडाउन उल्लंघन गरेर केही दिनयता पसल खोल्दै आएका छन् ।

व्यापारीहरुले बौद्ध लगायतका क्षेत्रमा अहिले पसल निर्वाध रुपमा सञ्चालन गरिरहेका छन् । तर, न्यूरोडका प्रहरी अधिकृतहरुले माथिबाट कुनै नयाँ आदेश नआएकोले आफूखुसी खोलेका पसलहरु बन्द गराउन थालेको बताएकाे छ  ।

प्रतिक्रिया दिनुहोस