
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि आजसम्म गरेका कामहरूको जवाफ माग गरेका छन् । मंगलवारको प्रतिनिधि सभाको बैठकको शुरुमै सभामुखसँग विशेष समय मागेर बोलेका सांसद थापाले कोराना भाइरस रोकथामका लागि भएको १० अर्ब रुपैयाँको खर्च, क्वारेन्टिनमा बस्नेहरुको मृत्यु भएको, सरकारले परीक्षणको दायरा नबढाएको लगायतका विषयमा जवाफ मागेका हुन् ।
उनले भने–‘१० अरब रुपैयाँ कहाँ खर्च भयो, यसको हामीलाई उत्तर चाहिन्छ । ५ वटा पीसीआर मेसिन किन्ने, २५ हजार वटा पीसीआर किट किनेर १० अर्ब रुपैयाँको हिसाव देखाउनु पर्दैन ? हामीलाई एक एक रुपैयाँको हिसाव चाहिन्छ । राष्ट्र विपत्तिमा परेका बेला भ्रष्टाचारमा निर्लिप्त हुने यो निर्लज्जताको पराकाष्टा हो ।’ क्वारेन्टिन १ लाख ६६ हजार मान्छे बस्छन् भनेर प्रधानमन्त्रीले भन्ने गरेको तर त्यो क्वारेन्टिन हो कि मान्छे मार्ने ठाउँ हो भन्दै सरकारको जवाफ मागे ।
उनले संसद र अदालतले पीसीआर टेष्टको दायरा बढाउन भनेपनि सुदूरपश्चिममा टेष्ट हुन नसकेको तथा प्रदेश २ मा दशौ हजार मानिस रिर्पोट नआएर छटपटाएर बसेको उल्लेख गरे । उनले सरकारले टेष्टको दायरा घटाउन लागेको भन्दै आपत्ति प्रकट गरे । उनले व्यङ्ग्य गर्दै भने–‘अब सरकारले टेष्ट गर्न बन्द गर्दिने र नेपाललाई कोरोना फ्रिदेश घोषणा गरिदिने । परीक्षण नभएपछि एकजनामा पनि कोरोना देखिँदैन ।’
आरडीटी परीक्षण भरपर्दो नभएको विज्ञले बताइरहेका बेला यसको जिम्मेवारी कसले लिने भन्दै उलने प्रश्न समेत गरे । संक्रमित झन् बढ्दै जाँदा सरकारले आवश्यक तयारी नगरेको उनले बताए । सांसद थापाले मजदुर, गर्वभतीले प्रधानमन्त्रीले गीत र कविताले राहत नपाउने बताए ।
सांसद थापाले सरकारले अदालत, विपक्षी दल, प्रेस, नागरिक कसैको पनि भनाइ नसुनेको पनि बताए । उनले प्रश्न गरे, ‘के कानूनले रोकिएको हो रु ढुकुटीमा पैसा नभएर रोकिएको हो रु कि कांग्रेसले रोकेको हो, कि अदालतले रोकेको हो रु यो सबै म जान्दछु भन्ने प्रधानमन्त्रीको अंहकारले रोकेको हो । सरकारको अकर्मन्यताले रोकेको हो । सरकरको अक्षमताका कारण आज हामीले यो अवस्था झेल्नुपरेको छ ।
प्रतिक्रिया दिनुहोस